२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कलाकारले बक्सअफिसभन्दा पात्रमा बढी ध्यान दिनुपर्छ : अभिनेता दयाहाङ राई



काठमाडौं । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाएको प्रमाणित भयो । यसअगाडि नै उनीहरु दुई अभिनित ‘कबड्डी ४ः दी फाइनल म्याच’ ले बक्सअफिसमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।

यही जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाएका छन् । गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए । उनले भने, “मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग शृङ्खलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ ।”

उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेको बताए । त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो । “अभिनेताले बक्सअफिसभन्दा पनि आफ्नो चरित्र निर्माणमा दबाब लिनुपर्छ । यसले नै पात्रप्रतिको इमान्दारी प्रस्ट्याउँछ”, अभिनेता राईले भने ।

दीपेन्द्र लामाबाट लेखन तथा निर्देशन गरिएकोे चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ ले पनि सुखद सुरुआत गरेको छ । निर्देशक झरना थापाले चलचित्रको विषयवस्तुलाई रुचाइएको जानकारी दिइन् । उनले भनिन्, “हाम्रो विषयवस्तुलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामीले नियमितभन्दा फरक प्रस्तुति लिएर आएका छौँ ।”

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपिन कार्कीले चलचित्रमा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गगरेका छन् । चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गगरेका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १० : २७ बजे

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु