२० असार २०८३, शनिबार | July 4, 2026

तीजका अवसरमा शिवालयहरुमा बिहानैदेखि महिलाको भीड



भक्तपुर । हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)का अवसरमा यहाँका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।
ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ । दुई किलोमिटर लामो दर्शनार्थीको लाइन लागेपछि मेला व्यस्थापन समितिले लाइन नमिचियोस् भनेर महिलाहरुका लागि टोकनको व्यवस्था गरेको छ ।
नेपाल स्काउट, स्थानिय क्लब र महिला सङ्घ–सङ्गठनले स्यंमसेवका रुपमा कार्य गरिरहेका छन् । विभिन्न स्वास्थ्य संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । जिल्लाका एम्बुलेन्सलाई मन्दिर परिसरमै तयारी अवस्थामा राखिएको छ भने व्यापक प्रहरी परिचालन गरेर सुरक्षाको व्यवस्था मिलाइएको  छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुको साथै महिलाहरुले विभिन्न समूहमा नाचगान गरी तीज मनाइरहेका छन् ।
त्यसैगरी आजै सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरुको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।
्आज बिहानैदेखि मन्दिरमा महिला दर्शनार्थीको भीड लागेको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । ब्रतालुका लागि लक्षित गरि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।
सिपाडोल कै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पुरा हुने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरु आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।
त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा न ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको  यातु महादेव, चाँगुनारायण मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।
तीज पर्वमा महिलाहरुले आज निराहार ब्रत बसी आफ्ना पति, घर परिवारको लामो आयु, सुख, सम्वृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन गर्ने र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : २५ बजे

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई