४ पुस २०८२, शुक्रबार | December 19, 2025

खजुरा तीज महोत्सवमा सामुहिक नृत्यको उपाधि सगरमाथा ग्रुप र एकलको उपाधि ज्ञानोदयकी करुणालाई(फोटोफिचर)



खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा खजुरा बजारमा आयोजित बृहत तीज महोत्सवमा सामुहिक नृत्युको उपाधि सगरमाथा ग्रुप, नेपालगन्जलेले हासिल गरेको छ । सगरमाथा ग्रुप, नेपालगन्जले सामुहिक नृत्यमा सर्वाधिक नम्बर ल्याएर ३५ हजार पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवको सामुहिक नृत्यु तर्फको दोस्रो स्थान हिमालय बिद्या निकेटन, बैजनाथ र तृतिय स्थान दिपक बोर्डिङ स्कुल, खजुराले हात पारेको छ । दोस्रो हुने हिमालयले १५ हजार र तृतिय हुने दिपकले १० हजार पुरस्कार प्राप्ग गरेका छन् ।

एकल तीज नृत्य तर्फ प्रथम स्थान ज्ञानोदय माविकी करुणा शाहीले प्राप्त गरेकी छन् भने दोस्रो स्थान जनसेवा माबीकी सुभेक्षा बोहोरा र तृतिय स्थान दिपा सुनारले प्राप्त गरेकी छन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरस्कृत हुन सफल टिम र कलाकारलाई खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् । कार्यक्रमको उदघाटन पनि उपाध्यक्ष मल्लले मञ्चमा छमछम नाचेर गरेकी थिइन् । ठुलो संख्याको दर्शकको उपस्थितीमा सम्पन्न महोत्सवमा लाखे नाच प्रदर्शन गरिएको थियो ।

कार्यक्रमकाबीच खजुरा क्षेत्रबाट कला क्षेत्रमा प्रवेश गरि ख्याती कमाएका नृत्यु निर्देशक तथा बाद्यबादक केबी शाहीलाई नगद सहित सम्मान गरिएको थियो ।

महोत्सवबाट बचेको रकमबाट संरक्षण समितिको भवन मरमत तथा निर्माण गर्ने लक्ष्य राखिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : ०६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा