१६ बैशाख २०८१, आइतबार | April 28, 2024

शशांक र सुजातासामु शेखरले भने – परिवारले साथ दिएको भए महाधिवेशनमा सफलता मिल्थ्यो



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बिपीनगरमा आयोजित वीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको वीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा वीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दुस्ख पाइरहने दाबी गरे।

उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए।

उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाइँहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनन्थ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ।’

नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा। शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा। शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरुको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औं महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको जनाए। आफू १५औं महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको बताए।

‘वीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। वीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो। बिपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। सात हजार किमी बाटो थियो, अहिले १ लाख किलो मिटर भयो। हात हातमा मोबाईल आयो, यो सब् गिरिजाप्रसाद कोइरालाको देन हो।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै वीपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो। आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए।

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन। तर जितेँ। महिलाहरुलाई मैले प्राथमिकता दिन्छु। महिलाकै कारण जितेँ । म कसैलाई चिन्दिन थिएँ, पाँच वटा गाविसको नाम कण्ठ गरेर गएँ।’ उनले कांग्रेसका लागि आफूहरु एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए।

डा. शशांक कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छरु भनेर बिपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरु दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाटद आफू दुखित भएको बताइन। उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरुसँग आह्वान गरिन्।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : २५ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई