१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो



दाङ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीर मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

राउटे शाहीले सरकारसँग दशैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन । “अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो, उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ । सबै मन्त्रीहरुले हामीलाई दशै खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।” शाहीले मुख्यमन्त्रीसँग भने ।

उनले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताए । ‘तीज खर्चकै लागि आएका हौ,’ उनले भने, ‘तीज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।’

मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने र दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।

‘राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ,’ मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केहि सहयोग हुन्छ ।

भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ४७ बजे

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको