२५ असार २०८३, बिहिबार | July 9, 2026

१४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन



काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४ दशमलव २) अनुसार ग्यास बिक्री नगरेमा तथा निमगको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो । निगमले १४ दशमलव २ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निमगले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : १५ बजे

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,