२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाँकेको बाल सुधार गृहमा झडप र तोडफोड, एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको जयेन्दु बाल सुधार गृहमा गयराती भएको झडप र तोडफोडमा एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित सुधार गृहमा सोही सुधार गृहमा राखिएका बालबन्दीहरुबीच भएको झडप र तोडफोडमा परि एकजना बालबन्दीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ बर्षिय सुलभ केसी रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।मृत्यु हुनेमा १८ बर्षिय सुलभ केसी रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । उनका अनुसार ११ जना घाइते भएका छन् ।

उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए । सुधारगृहमा रहेको दुई समहुबीच भएको झडपमा रातभरी तोडफोड र प्रहरी माथि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरी प्रमुख एसपी राठौरले बताए ।

सुधार गृहमा बिभिन्न मुद्दामा दोषी ठहरिएकार पुर्पक्षका लागि सुधारगृह पठाइएका करिब ३ सय जना रहेका छन् । गत माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : १७ बजे

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको