३० पुस २०८२, बुधबार | January 14, 2026

गणतन्त्रवादी नेता खेमराज भट्ट ‘मायालु’को निधन, आजै अन्त्येष्टी गरिने



काठमाडौं । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए ।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए ।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उहाँको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । उनका दुई छोरा छन् । श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो । उनको आजै पशुपति आर्यघाट अन्त्येन्टि गरिने छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : २६ बजे

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन

कांग्रेस केन्द्रीय कार्यसमितिबाट १५औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन

काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको केन्द्रीय