१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाल सुधार गृहबाट भागेका २५४ मध्य २४५ नियन्त्रणमा ९ जना अझै बेपत्ता



नेपालगन्ज । एकजनाको ज्यान जानेगरि बाँकेको बल सुधार गृहमा भएको झडप पछि भागेका २५४ बालबन्दीहरु मध्य २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ ।

बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपपछि २५४ जना बालबन्दीहरु सुधारगृहबाट भागेका थिए ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप शुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए । बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमाएक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

झडपमा घाइते भएका कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको थियो । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियार सहितको प्रहरी तैनाथी नरहने प्रहरीले जनाएको छ । सुधार गृह संचालन गर्ने संस्थाको ब्यवस्थापनमा सिमित सिभिलमा प्रहरी मात्र खटिने गरेको प्रहरीको भनाई छ ।

सुधारगृमा राखिएका लागु औषध सेवनको कुलतमा फँसेका र लागु औषध सेवन नगर्ने किशोरहरुबीच विवाद बढ्दै जाँदा झडपको स्थिती आएको बताईएको छ ।

गत वर्षको माघ २६ गते पनि बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको थियो । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ४० बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय