१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट



काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ।
अमेरिकाको न्यूयोर्कबाट शनिबार बिहान चीन पुगेका प्रधानमन्त्री प्रचण्डको हाङ्जाओमा राष्ट्रपति सीसँग भेट भएको हो ।

राष्ट्रपति सी ले आयोजना गरेको दिवाभोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री र सीबीच भेट छोटो भेट भएको हो । सीसँग औपचारिक द्विपक्षीय भेटवार्ता भने अपारान्ह ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटवार्तापछि प्रधानमन्त्री हाङ्जाओमा आजैबाट सुरु हुन लागेको १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड हाङ्जाओबाट भोलि राजधानी बेइजिङ जाने कार्यक्रम रहेको छ । बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग उनले द्विपक्षीय वार्ता गर्नेछन्। यसैगरी उनले चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासले रात्री भोजको आयोजना हुनेछ । बेइजिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

बेइजिङबाट प्रधानमन्त्री प्रचण्ड २६ सेप्टेम्बरमा चीनको चोङछिङ पुग्नेछन् । उनले त्यहाँ कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नेछन् । त्यसपछि उनी तिब्बत स्वशासित क्षेत्रको ल्हासाको भ्रमण गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ४० बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका