६ पुस २०८२, आइतबार | December 21, 2025

पैगम्बर हजरतको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम गरिदै



बुटवल । ईस्लाम धर्मावलम्बीहरुको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव उपलक्ष्यमा बुटवलको रजा-ए-मुस्तफा जामे मस्जिद समिति परिवारले सप्ताहव्यापी रुपमा मनाउने भएको छ । समितीले जस्मे ईद मिलादुननबीसहित विभिन्न कार्यक्रम सप्ताहव्यापी गर्ने भएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सोमबार संस्थाको सभाहलमा ईस्लामिक अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मुहम्मद इस्काइलले जानकारी दिए ।  कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोलदै उनले सामाजिक कार्यमा समेत सरिक भएर यश वर्षको पर्व मनाउन लागिएको उल्लेख गरे ।

सोही अनुसार असोज बुधबार बुटवल-११ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरिने वरिष्ठ उपाध्यक्ष हाजी अब्दूल सहमतले जानकारी दिए । यसैगरि सोही दिन साँझ ७:३० देखि १० बजेसम्म मिलादुननबी कार्यक्रम आयोजना गरिएको छ ।

असोज ११ गते विहिबार विहान बुटवल बजार परिक्रमा ‘र्याली’ कार्यक्रम तय गरिएको सचिव जनूर दिन वारसीले जानकारी दिए । ‘यौमे बिलादत’लाई हर्सोउल्लासका साथ मनाउदै मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको समितीले जनाएको छ । सप्ताहव्यापी कार्यक्रममा समिति अन्तरगत रहेका ५ हजार बढी मुस्लिम समुदायहरु सहभागी हुने बताएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : ४२ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा