७ आश्विन २०८३, बुधबार | September 23, 2026

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा



बारा । दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज