७ चैत्र २०८२, शनिबार | March 21, 2026

भैरहवा भन्सार : आयात घट्यो, निर्यात बढ्यो



भैरहवा । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैँ र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल भएको देखिन्छ ।

उसो त गत वर्ष पनि यी दुई महिनामा उत्साहजनक आयात देखिएको थिएन । नेपाल सरकारले विदेशी मुद्राको सञ्चिति भन्दै धेरै वस्तुको आयातमा कडाइ गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक वर्षमा सरकारले नियम खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।

गत आवको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुँदै रु १० अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले रु छ अर्ब ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए । यस्तै चालु आवको सोही अवधिमा रु ११ अर्ब २५ करोडको वस्तुहरू आयात भएको छ । तर राजस्व भने रु पाँच अर्ब ९९ करोड मात्र असुली भएको छ ।

राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ । गत वर्षको दुई महिनामा २५ हजार आठ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै रु ९५ करोड ८२ लाखको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा रु ७१ करोड ८२ लाखको मात्र आयात भएको छ ।

गत वर्ष सुरुको दुई महिनामा रु एक अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा रु एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ । आव २०७८÷७९ को सुरुको दुई महिनामा रु १७ करोड ८४ लाखको जीप कार र भ्यान, रु २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, रु एक अर्ब ७० करोडको एमएस बिलेट, रु ७० करोड ५७ लाखको मार्बल स्ल्याव, रु २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो । सोही अवधिमा रु एक अर्ब ७३ करोडको एलपी ग्यास र रु एक अर्ब ४७ करोडको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

चालु आवको साउन र भदौ महिनामा रु ७१ करोड ८२ लाखको ग्लेज टाइल, रु एक अर्ब ९६ करोडको एमएस बिलेट, रु ४५ करोड ७१ लाखको मार्बल स्ल्याब, रु एक अर्ब ६७ करोडको मोबाइल, रु ७७ करोड ४९ लाखको डिजल र रु एक अर्ब ७८ करोडको पिग आइरन आयात भएको छ । चालु आवमै रु ५९ करोड ५७ लाख मूल्य बराबरको इलेक्ट्रिक जीप कार भ्यान आयात भएको छ ।

थोरै बढ्यो निर्यात

आयात गत वर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुँदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुँदै रु ८३ करोड ३२ लाख बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आवको दुई महिनामा रु एक अर्ब ५७ करोड बढीको निर्यात भएको छ ।

भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहाँबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भाँडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिङ्करलगायत रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ४८ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको