९ चैत्र २०८२, सोमबार | March 24, 2026

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न



खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय लक्ष्मीनारायण मन्दिर परिषरमा दोस्रो पटक गरिएको महाआरतीमा पनि ठुलो संख्यामा दर्शनार्थीहरुको उपस्थिती रहेको थियो ।

खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले आरम्भ गरिएको महाआरतीसँगै खजुरामा लक्ष्मीनारायण दिब्यधाम स्थापना गर्ने अभियानले तिब्रता पाएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

घना जङ्गल भएकै अवस्थामा खजुरा क्षेत्रमा ऋषिमुनीहरुले आश्रम बनाएको सन्तकुटी, मानवबस्तीको आरम्भहुनु पुर्व राधापुरमा रहेको मैटहवा मन्दिर तथा सदियौं वर्ष अघिको हनुमान तलौवा जस्ता ऐतिहासिक धार्मिक स्थलको प्रवर्द्धन गर्ने तथा खजुरा क्षेत्रमा रहेका मठमन्दिरहरुको प्रचार प्रसार गरि एकीकृत धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यका साथ माहाआरतीको सुरुवात गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

लक्ष्मी नारायण परिषरमा करिव ६० फिट अग्लो सुदर्शन चक्र सहितको नारायणलक्ष्मीको दिब्य मुर्ति स्थापना गर्ने लक्ष्य साकार हुँदै गएको समितिकी उपाध्यक्ष कमला घिमिरेले बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११