४ पुस २०८२, शुक्रबार | December 20, 2025

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न



खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय लक्ष्मीनारायण मन्दिर परिषरमा दोस्रो पटक गरिएको महाआरतीमा पनि ठुलो संख्यामा दर्शनार्थीहरुको उपस्थिती रहेको थियो ।

खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले आरम्भ गरिएको महाआरतीसँगै खजुरामा लक्ष्मीनारायण दिब्यधाम स्थापना गर्ने अभियानले तिब्रता पाएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

घना जङ्गल भएकै अवस्थामा खजुरा क्षेत्रमा ऋषिमुनीहरुले आश्रम बनाएको सन्तकुटी, मानवबस्तीको आरम्भहुनु पुर्व राधापुरमा रहेको मैटहवा मन्दिर तथा सदियौं वर्ष अघिको हनुमान तलौवा जस्ता ऐतिहासिक धार्मिक स्थलको प्रवर्द्धन गर्ने तथा खजुरा क्षेत्रमा रहेका मठमन्दिरहरुको प्रचार प्रसार गरि एकीकृत धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यका साथ माहाआरतीको सुरुवात गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

लक्ष्मी नारायण परिषरमा करिव ६० फिट अग्लो सुदर्शन चक्र सहितको नारायणलक्ष्मीको दिब्य मुर्ति स्थापना गर्ने लक्ष्य साकार हुँदै गएको समितिकी उपाध्यक्ष कमला घिमिरेले बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको