८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति चीनको दृढ समर्थन



काठमाडौं । नेपालले ताइवानी पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डले शीर्ष चिनियाँ नेतृत्वसँग गरेको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल ताइवानको पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारिएको छ ।

नेपालले एक चीन नीतिप्रति पुनः दृढ प्रतिवद्धता जनाउँदै ताइवानको स्वतन्त्रताको पक्षमा हुने कुनै पनि गतिविधिको विरुद्धमा रहेको प्रष्ट पारेको हो ।

नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेशमन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पक्षले एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्धता दोहोर्‍याएको छ। चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने मान्यता राख्दै नेपाली पक्ष ताइवानको स्वतन्त्रताको विरुद्धमा छ ।’

नेपालले तिब्बत मामिला पनि चीनको आन्तरिक मामिला भएको प्रष्ट पारेको छ । ‘नेपालको भूमिमा चीन विरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने कुरा नेपालले दोहोर्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

चीनले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त र छिमेकीमा मित्रता र साझेदारी कायम गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

“चीनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम राख्न दृढताका साथ समर्थन गर्दछ र नेपालको स्वतन्त्र छनोटको सामाजिक व्यवस्था र राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्गको सम्मान र समर्थन गर्दछ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : १२ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा