२५ माघ २०८२, आइतबार | February 8, 2026

असोज २६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘परदेशी २’ को टिम देश दौडाहामा



बुटवल । बडादशैँ २०८० को अवसर पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टिम यतीबेला प्रचार प्रसारका लागि देश दौडाहामा हिडेको छ ।

फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित फिल्मको टिमले मंगलबार बुटवलमा पत्रकारहरुसँग साक्षात्कार गरेको छ ।

चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा फिल्मका मूख्य कलाकार अभिनेता प्रकाश सपूतले ‘परदेशी २’ आफू अभिनित पहिलो फिल्म भएका कारण एकदमै उत्साहित रहेको बताए । ‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा-परिचर्चा थिएन ।

पहिलो फिल्म भएकोले उत्साहित भएको छु ।’, उनले भने । आगामी दिनमा आफ्नै कथामा फिल्म निमार्ण गर्ने योजनामा रहेको उनले सुनाए । प्रकाशको यो डेब्यु चलचित्र हो । त्यस्तै अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको बताइन् ।

मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरिदिएको उनले सुनाइन् । ‘परदेशी २ मा प्रत्येक घर–घरको कथा समावेश छ । यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । यो हामि सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’, उनले भनिन् ।

निर्देशक नारायण रायमाझीले फिल्मले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेकोे बताए । संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने ‘परदेशी २’को मूख्य सार रहेको उनले सुनाए । ‘परदेशी २’ले सेन्सर बोर्डबाट प्रदर्शन अनुमतिसमेत प्राप्त गरिसकेको उनले जानकारी दिए ।

फिल्मको टिमले मंगलबार नै बुटवलका बिभिन्न कलेजहरुमा पुगेर ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग पनि साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी देखिन्थे ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् । बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

‘परदेशी २’को टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ । विभिन्न हिसाबले यो चलचित्रलाई प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : १६ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै