२५ मंसिर २०८०, सोमबार | December 11, 2023

चलचित्र परदेशी-२ को टाइटल गीत सार्वजनिक



बुटवल । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टाइटल गीत बुधबार तिलोत्तमाको नमस्ते एकेडेमीमा औपचारिक विमोचन गरिएको छ । फिल्म प्रमोशनका लागि देश दौडाहमा रहेको युनिटले नमस्ते एकेडेमीका विद्यार्थीसँगै म्युजिक भिडियो हेरेर गीतको आधिकारिक विमोचन भएको घोषणा गरेको हो ।

फिल्म समावेश गरिएको नेपाली झ्याउरे भाकाको ‘परदेशी छुकछुकै रेलैमा’ बोलको गीत म्युजिक नेपालको यूटुभवबाट सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक नारायण रायमाझीकोसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङ लगायतको स्वर रहेको म्युजिक भिडियो पाल्पा तथा बुटवलमा छायांकन गरिएको छ । केही भागहरु काठमाडौंमा समेत छायांकन गरिएको निर्देशक रायमाझीले जानकारी दिए ।

फिल्म निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित प्रमोशनमा हास्य कलाकार अर्जुन काफ्ले र विभिन्न रियालिटी शोका विजेता कलाकारहरुले विद्यालयमा आफ्ना प्रस्तुतीहरु दिएका थिए । फिल्म युनिटलाई एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवर, प्रिन्सिपल जिग्मे शेर्पा लगायतले स्वागत गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तथा नमस्ते एकेडेमीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले प्रदेश फिल्म युनिटलाई संयोजन गरी रुपन्देहीका विभिन्न कलेजहरुमा भेटघाट गराएका हुन् ।

फिल्म प्रदेशीमै आधारित रहेर कलाकारहरुले तयार पारेको ड्रामा शो प्रस्तुत गरिएको थियो । कलेज जीवन र परदेशी जीवनका भोगाईलाई गीत र नाट्यको माध्यमबाट प्रस्तुत गर्दा दर्शक दिर्घमा धेरैका आँखा रसाएका थिए । छमछमी सिजन–३ मा तृतीय तथा डान्सिङ वीथ स्टारमा दोस्रो बन्न सफल शेखर घर्ती, छमछमी सिजन ३ का फाइनालिस्ट तथा सुपर डान्सरको सेकेण्ड रनरअप रविता मगर, छमछमी सिजन-४ का सेमिफाइनालिष्ट पुष्प घिमिरे, छमछमी सिजन ४ को उपविजेता, मेरो डान्स यूनिभर्सको फाइनालिष्ट तथा वर्ल्ड डान्स लीग वीनर नेशन सुस्लिङ मगरसँगै थिएटर आर्टिस्टहरु सुजता बस्याल, विवेक खड्का, रारा ज्योती पोखरेल र निर्मल साउदले संयुक्त रुपमा कोरियोग्राम गरेको ड्रामा प्रस्तुत गरिएको थियो ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०७ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर