४ पुस २०८२, शुक्रबार | December 19, 2025

सदनमा पेस गरिएको शिक्षा विधेयक परिमार्जन गर्ने कांग्रेसको प्रतिवद्धता



काठमाडौं। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले सदनमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।

मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको हो।

संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए।

सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिवद्धता पार्टीको तर्फबाट प्रतिवद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले बताए। कांग्रेसले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधबार अपराह्न १ बजे विज्ञहरुसँग पनि छलफल कार्यक्रम तय गरिएको लेखकले बताए।

सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी सो विधेयक संसद्बाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा