काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले थप पाँछ दिनको समय पाएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिने निर्णय गरेको हो ।
त्यसअघि समितिका सदस्यहरुले शिक्षा विधेयक आजै पारित गर्नुपर्ने माग गरेका थिए । तर शिक्षामन्त्री रघुजी पन्त र कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले विधेकयमा सहमति जुटाउन थप केही दिन चाहिने बताएका थिए ।
विधेयककै विषयमा माओवादी सांसद रेखा शर्मा र कांग्रेस सचेतक घिमिरेबीच भनाभन समेत चलेको थियो । शर्माले कुनै दलको ह्वीप नमान्ने भन्दै विधेयक पारित गर्नुपर्ने बताए पछि घिमिरेले कसले ह्वीप लगायो भन्दै नियमापत्ति जनाएका थिए ।
प्रतिक्रिया