४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री प्रचण्ड ल्हासामा



ल्हासा। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् ।

सिछ्वान एअरलाइन्समार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित स्वागत गरिएको छ ।

कार्यक्रमको सूचीअनुसार बुधबाार साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रधानमन्त्री प्रचण्डको सम्मानमा बुधबार साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।

चीनसँग सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन् । तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

उनका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छोङछिङ सहर आइपुगेका थिए । त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ११ : ५० बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त