२३ चैत्र २०८२, सोमबार | April 6, 2026

चलचित्र परदेशी-२ को टाइटल गीत सार्वजनिक



बुटवल । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ को टाइटल गीत बुधबार तिलोत्तमाको नमस्ते एकेडेमीमा औपचारिक विमोचन गरिएको छ । फिल्म प्रमोशनका लागि देश दौडाहमा रहेको युनिटले नमस्ते एकेडेमीका विद्यार्थीसँगै म्युजिक भिडियो हेरेर गीतको आधिकारिक विमोचन भएको घोषणा गरेको हो ।

फिल्म समावेश गरिएको नेपाली झ्याउरे भाकाको ‘परदेशी छुकछुकै रेलैमा’ बोलको गीत म्युजिक नेपालको यूटुभवबाट सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक नारायण रायमाझीकोसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङ लगायतको स्वर रहेको म्युजिक भिडियो पाल्पा तथा बुटवलमा छायांकन गरिएको छ । केही भागहरु काठमाडौंमा समेत छायांकन गरिएको निर्देशक रायमाझीले जानकारी दिए ।

फिल्म निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित प्रमोशनमा हास्य कलाकार अर्जुन काफ्ले र विभिन्न रियालिटी शोका विजेता कलाकारहरुले विद्यालयमा आफ्ना प्रस्तुतीहरु दिएका थिए । फिल्म युनिटलाई एकेडेमीका संस्थापक प्राचार्य राजेन्द्र कुंवर, प्रिन्सिपल जिग्मे शेर्पा लगायतले स्वागत गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य तथा नमस्ते एकेडेमीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले प्रदेश फिल्म युनिटलाई संयोजन गरी रुपन्देहीका विभिन्न कलेजहरुमा भेटघाट गराएका हुन् ।

फिल्म प्रदेशीमै आधारित रहेर कलाकारहरुले तयार पारेको ड्रामा शो प्रस्तुत गरिएको थियो । कलेज जीवन र परदेशी जीवनका भोगाईलाई गीत र नाट्यको माध्यमबाट प्रस्तुत गर्दा दर्शक दिर्घमा धेरैका आँखा रसाएका थिए । छमछमी सिजन–३ मा तृतीय तथा डान्सिङ वीथ स्टारमा दोस्रो बन्न सफल शेखर घर्ती, छमछमी सिजन ३ का फाइनालिस्ट तथा सुपर डान्सरको सेकेण्ड रनरअप रविता मगर, छमछमी सिजन-४ का सेमिफाइनालिष्ट पुष्प घिमिरे, छमछमी सिजन ४ को उपविजेता, मेरो डान्स यूनिभर्सको फाइनालिष्ट तथा वर्ल्ड डान्स लीग वीनर नेशन सुस्लिङ मगरसँगै थिएटर आर्टिस्टहरु सुजता बस्याल, विवेक खड्का, रारा ज्योती पोखरेल र निर्मल साउदले संयुक्त रुपमा कोरियोग्राम गरेको ड्रामा प्रस्तुत गरिएको थियो ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ०७ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ