७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन ।

कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु-स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उनले भनेका छन , “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु-स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”

विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि-विधान र अनुष्ठान फरक-फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उनको भनाइ छ ।

कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा-अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ ।

इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो (ध्वजा) र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौं उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ ।

यसमा कुमारी, भैरव र गणेशको रथयात्रा पनि गर्ने परम्परा छ । यस पर्वमा विभिन्न मौलिक नाच र देवी-देवताको प्रदर्शन गर्नुले सांस्कृतिक र धार्मिक परम्परालाई जीवन्त बनाउन सहयोग पुग्दछ ।

काठमाडौं उपत्यकाका रैथाने समुदायरजातजातिले आ-आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा इन्द्रजात्रा मनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न मद्दत गर्दछ । तराई-मधेसतिर हरेक वर्षको भाद्रपद शुक्ल पक्ष चतुर्थीको दिन देवी लक्ष्मी र भगवान् विष्णुको विधि-विधानअनुसार पूजा-अर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने परम्परा छ ।

यसै दिन विष्णुको पूजा-उपासनापछि उनलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो (धागो) बाँध्ने प्रचलन छ । यसले सुख, शान्ति, गृहक्लेशको अन्त्य, धन-धान्यमा वृद्धि र शुभलाभ हुने धार्मिक मान्यता रहिआएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ७ : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११