४ पुस २०८२, शुक्रबार | December 20, 2025

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।

इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताएका छन् ।

“देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो”, उनले शुभकामनामा भनेका छन् ।

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ । मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवार समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्

प्रधानमन्त्री प्रचण्डले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको