२ पुस २०८२, बुधबार | December 17, 2025

इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल हिँडेरै पुगे वसन्तपुर



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जात्रास्थल वसन्तपुरमा पुगेका छन् ।

जुद्ध शमशेरको शालिकदेखि उनी हिँड्दै वसन्तपुर पुगेका हुन् ।

जुद्ध शमशेरको शालिकबाट हनुमानढोका तिर सवारी साधन लैजान काठमाडौं महानगरले रोक पनि लगाएको छ । तर, धैरै भिडभाड हुने स्थानमा सवारीसाधन लैजाँदा नागरिकलाई सास्ती हुने भएकाले राष्ट्रपति पौडेल हिँडेर गएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

इन्द्रजात्रामा राष्ट्रप्रमुख हिँडेर सहभागी भएको यो पहिलोपटक हो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौं शाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ४ : ०२ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि