२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमाले बागमतीमा मतदान भोलिसम्मका लागि सारियो



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि हुने मतदानको समय पुनः सारिएको छ । उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास जारी रहँदा पटक पटक मतदानको समय सारिएको हो।

आजै साँझ ८ बजेपछि मतदान हुने बताएको एमाले बागमती प्रदेशले मतदानको समय भोलि बिहान ८ बजेको लागि तोकेको छ। मतदान पार्टी कार्यालय च्यासलमा हुनेछ।

त्यसअघि आज साँझसम्म उम्मेदवारी फिर्ता र सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। आज साँझ ८ बजेसम्म सहमति नभए ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

यसअघि आज बिहान ८ बजे,११ बजे र दिउँसो १ बजेबाट मतदान सुरु गर्ने भनिए पनि सर्दै आएको छ।

आन्तरिक छलफलपछि प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। उनले अर्का प्रत्यासी कैलास ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् । अब नेतृत्वका लागि चारजना प्रतिस्पर्धामा छन्। उनीहरूबीच पनि सहमतिको प्रयास जारी रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १० : ३० बजे

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २