१ आश्विन २०८३, बिहिबार | September 17, 2026

भुपू सैनिक सहकारीको २३ औं साधाणसभा



बुटवल । भुपू सैनिक बहुउदेश्यीय सहकारी सस्थाको २३ औं वार्पिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा भएको साधारणसभामा बोल्दै सहभागीहरुले स-सानो रकमबाट संकलित पुँजीलाई परिचालित गरी लगानी योग्य बनाउनुपर्नेमा जाडे दिएका छन् ।

भुपूसैनिक सहकारीका सल्लाहकार कर्णेल गजेन्द्र बहादुर बस्नेतले भुपूहरुको एकल सहयोगमा निमार्ण भएको सहकारीले नमुना काम गरेर देखाउनु पर्ने बताएका थिए । उनले भुपूहरु लगनसिल अनुसासन नियमको पालन गर्ने कुरामा प्रतिवद्ध हुने कुरालाई सहकारीको व्यवस्थापन पक्षलाई मजबुत बनाएर देखाउनुपर्ने बताएका थिए ।

आर्थिक अभावको कारण समस्या धेरै रहेको भन्दै उनले दुःखका बेला सहयोग गर्नुपर्ने दायित्व रहेको बताएका थिए । सहकारीका अध्यक्ष राज कुमार केसीले २०७९÷८० को सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै तिलोत्तमामा रहेका भुपूहरुलाई सहकारी मार्फत एकजुट गराउँदै लगिएको बताएका थिए ।

उनले भुपूको सहकारी भुपु परिवारको सुखः दुखको सारथी बन्दै गएको समेत दाबी गरेका थिए । सहकारीको हालको पुजी १६ करोड ८८ लाख बढि रहेको छ । सहकारीले एक वर्षमा १९ करोड बनाउने लक्ष्य लिएको लेखा संयोजक दुर्गा बहादुर मल्लले जानकारी दिए ।

लेखा संयोजक दुर्गा बहादुर मल्ल, कृष्ण बहादुर अधिकारी, राष्ट्रिय सहकारीका तिलोतमा शाखा प्रमुख बासुदेव कोईराला, उतर बहादुर बानिया, मेजर जेबि खडका, सदस्य सारदा क्षेत्रीथापा सल्लाहकार यम बहादर कार्की लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भुपू परिवारबाट उच्च शिक्षा हासिल गर्ने, खेलकुदमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक ल्याउने खेलाडीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : ०४ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा