६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

आइएमई पेबाट अब एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने



काठमाडौं। आइएमई(पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान ९एसआइपी० को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई(पेले एनआइसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौताअन्तर्गत अब आइएमई(पेका सेवाग्राहीहरुले एनआइसी एसिया क्यापिटलको एनआइसी एसिया डायनामिक डेट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी सहजै गर्न सक्ने कम्पनीले जनाएको छ।

पछिल्लो केही समययता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै गएको छ। त्यसकारण पनि यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई(पेले आफ्ना सेवाग्राहीहरुको लागि यो सेवा सञ्‍चालन गरेको आइएमई(पेका सीईओ प्रवीण रेग्मीले बताए।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई(पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : ०० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र