१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलको रानीगंजमा आजबाट प्रथम सांस्कृतिक तथा व्यापार महोत्सव २०८० शुरू



बुटवल । बुटवलमा आजबाट प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव २०८० शुरू भएको छ ।

बुटवल १७ रानीगंज खेलमैदानमा आयोजित महोत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय गमलामा पानी संचाइ गरेर शुभारम्भ गरे । सो अबसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको रानीगंजले मुहार फेर्ने बताए ।

मेलाकै कारण यो क्षेत्र चलायमान भएको भन्दै उनले मोतिपुर औद्योगिक क्षेत्र निर्माणले मोतिपुरक्षेत्रका स्थानीयलाइ मनग्य फाइदासहित रोजगारी प्रदान गरिने उल्लेख गरे । उनले आफ्नै कार्यकालमा बुटवलको मुहार बदलेर देखाउने प्रतिबद्धता दोहोर्याए ।

उनले रानीगंंजको प्रथम मेला सफलताको कामना समेत गरे । सो अबसरमा बुटवल १५ का वडाध्यक्ष शिव राना, १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मी, आमा समुहको तर्फबाट माया भण्डारी,क्लवका अध्यक्ष राम दर्जी,सचिव अनिल सुनार लगायतले बोल्दै मेला सफल हुने बिश्वास ब्यक्त गरे ।

मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको उद्घोषक बिकास भट्टराइले बताए ।

“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा महानायक राजेश हमालदेखि लिएर ४० जना राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।

महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् उद्घाटन पूर्व सो स्थानमा बाजागाजासहित र्याली निकालिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १२ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा