२१ बैशाख २०८३, सोमबार | May 5, 2026

नेपालको धारणाप्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन : प्रधानमन्त्री प्रचण्ड (विज्ञप्तिको पूर्णपाठ)



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्नेबारे आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपति सि जिनपिङले पूर्ण समर्थन रहने जनाएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी नेपाल फर्केपछि बिमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले चीनबाट विगतमा दुई देशका बीचमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका हुन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछिको यो नै उच्चस्तरीय भ्रमण रहेको दाबी गर्दै प्रचण्डले कोभिड १९ का कारण धेरै लामो समयदेखि कूटनीतिक भ्रमण रोकिएकोमा आफ्नो चीन भ्रमणबाट दुई देशका बिचमा प्रगाढ सम्बन्ध निर्माण गर्न मद्दत पुगेको आफूले विश्वास लिएको बताए ।

उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत रूपमा भएको छलफलबाट नेपाल चीन सम्बन्धमा थप उचाइमा पुगेको बताउँदै प्रचण्डले विगतमा भएका समझदारीहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतापनि चीनबाट व्यक्त गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्ड १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन अमेरिकाको न्यूर्योकबाट चीनको हान्जाऔं पुगेका थिए ।

सन् २०२६ मा नेपाल कम विकसित देशहरूको सूचीबाट विकासशील राष्ट्रको रूपमा स्तारोन्नती हुने सन्दर्भमा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्धितिय सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातिर दुई देशको सम्बन्ध केन्द्रित रहनुपर्ने बारेमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले पूर्ण समर्थन रहने बताएको उल्लेख गरे ।

पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र त्यसमा उड्डयन निकायहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको पनि उनले बताए ।

भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिनका लागि अमेरिकाबाट उनी चीनको औपचारिक भ्रमणमा गएका थिए ।

चिनियाँ प्रधानमन्त्री लि छियाङ्को निमन्त्रणमा उनले एक साता लामो चीन भ्रमण गरेर आज स्वदेश फर्केका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : ४८ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,