३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य, आज पनि रोहित-कुशलको उत्कृष्ट ब्याटिङ



काठमाडौं । चीनको जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत टी-२० आई पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा अविजित ४७ रन बनाए ।

कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।

नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।

नेपाल लगातार दोस्रो जित निकाल्दै सहजै क्वाटरफाइनलको यात्रा गर्न चाहन्छ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७४ रनको कीर्तिमानी जित निकालेको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल माल्दिभ्सविरुद्ध पनि कीर्तिमानी जित हात पार्ने दाउमा छ । माल्दिभ्सविरुद्धको जितपछि नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमसँग खेल्ने मौका पाउनेछ ।

क्वाटरफाइनल खेल मंगलबारदेखि सुरु हुनेछन् । यस्तै, सेमिफाइनल ६ अक्टोबर तथा फाइनल खेल ७ अक्टोबरमा हुनेछ । हालसम्म नेपालले सेमिफाइनलसमेत पुग्न सकेको छैन । तर, यसपटक भने उच्च लयमा रहेको नेपालले पदक जित्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ४२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको