२५ मंसिर २०८०, सोमबार | December 11, 2023

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित



काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो । माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ०५ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको