७ आश्विन २०८३, बुधबार | September 23, 2026

मूल्यवृद्धिको विरोधमा रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदमा रहेका दलहरुको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बहिस्कार गरेको छ ।

चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धि गरेको आरोप लगाउँदै रास्वपाले बैठक बहिस्कार गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणबारे जाँचबुझ आयोग गठनकासम्बन्धमा छलफल गर्न संसदमा रहेका दलहरुको बैठक बोलाएका छन् । रास्वपाले विरोधस्वरुप सोही बैठक बहिस्कार गर्न लागेको जानकारी सो पार्टीका सभापति रवि लामिछानेले जनाएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेख्दै विरोधका थप कार्यक्रमबारे जानकारी दिने उल्लेख गरेका छन् ।

सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगमले हिजो पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेको थियो ।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ०२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११