७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी – तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनुभयो



काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चीनलाई विश्वस्त पार्न नसकिएको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपर्थ्यो, जुन मुद्दामा बहस हुनुपर्थ्यो त्यो भएन। सामान्य खुद्रा, मसिना कुराहरू भए’, उनले भने।

भट्टराईले प्रधानमन्त्रीको भ्रमणलाई तीर्थाटनको संज्ञा दिएका छन्। उनले भने, ‘प्रधानमन्त्रीले तीर्थाटन पनि गर्नुभयो। छुट्टी पनि राम्रै मनाउनु भयो। तर मुख्यतयाः चीनसँग हाम्रो बीआरआईका सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयन हो। त्यो चाहिँ देखिने गरी केही पनि भएन।’

उनले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भए पनि सो एजेन्डामा प्रवेश नै नभएको बताए।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज