९ चैत्र २०८२, सोमबार | March 24, 2026

बेलहिया नाकाबाट सशस्त्र प्रहरीबाट १० लाख भारतीय रकम सहित ३ जना पक्राउ



बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारुसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठको कमान्डको टोलीले नेपालमा प्रतिबन्धित भारतीय नोट सहित ३ जना पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार गए राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँच का क्रममा उक्त अवैध १० लाख भारु बरामद गरेको हो।

सशस्त्र प्रहरीले तीन जना मध्ये एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०-५० हजार बरामद गरेको हो । उनीहरुबाट बरामद गरिएको सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको नोटको नम्बर टिपोट जारी रहेको र त्यसपछि राजश्व अनुसन्धान कार्यालयमा बुझाईने सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५९ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११