८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

धेरै बिदा दिनेमा नेपाल पहिलो नम्बरमा रहे पछि बाबुरामले भने, ‘अनि हामी गरिब नभएर को हुन्छ ?’



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिन मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् ।

वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक बिदा दिने देशको सुचीमा नेपालको नाम पहिलो नम्बरमा राखे पछि भट्टराईले ‘अनि देश गरिब नभएर को हुन्छ त ?’ भन्दै ब्यंग्य गरेका हुन । सो स्टाटिक्सले सबैभन्दा बढी बार्षिक ३५ दिने बिदा दिएका कारण नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरेको छ ।

‘राम्रो कुरामा नभए पनि नराम्रो कुरामा, बार्षिक सार्वजनिक बिदामा, चाँही नेपालले विश्वमा उच्च स्थान हासिल गरेछ,  अनि हामी गरीब नभए को हुन्छ त ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘गम्भीर बनौं, काम नगरी दिगो रूपले कोही धनी हुनसक्दैन भन्ने बुझौं, साना साना सुधार त जसले जतिबेला गरेपनि हुन्छ नि ।’

दोस्रो नम्बरमा म्यान्मार ३२, तेस्रो नम्बरमा इरान २६, चौथो नम्बरमा श्रीलंका २५, बंगलादेश र इजिप्टले २२–२२ दिन बार्षिक बिदा दिने गरेको सो तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : २५ बजे

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

गण्डकी । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित

आफ्नो चुनाव चिह्न अङ्कित झन्डा जलाएकामा एमालेको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको