४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न धवलसमशेर जवराको अपिल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गरे । उनले भने, “नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।”

नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद जवराले सहरमा शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको