७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल

आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगन्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ ।” बाँकेको नेपालगन्जमा हिजो भएको घटनामा पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको विषयमा आयोगको नेपालगन्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालाका लागि निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगन्जमा असोज १५ गते बसेको सर्वदलीय र सर्वपक्षी बैठकको निर्णयअनुसार असोज १६ गते बिहान सद्भाव र्‍याली निकालिएको थियो । तर सोही दिन दिउँसो नेपालगन्ज उपमहानगरपालिकाभित्र अनिश्चितकालका कर्फ्यू जारी गरिएको थियो ।

आपसी सद्भाव कायम गर्न अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उहाँले पछिल्लो समय धार्मिक विवादमा नेपालगन्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्न आग्रह गरेका हुन् ।

साथै अध्यक्ष ओलीले मुलुकको राष्ट्रियता एकता अक्षुण्ण राख्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएका छन् ।”

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज