९ बैशाख २०८३, बुधबार | April 22, 2026

हिजाब नलगाएको भन्दै कुटपिटमा परेकी किशोरी कोमामा पुगे पछि इरान सरकार त्रसित



तेहरान । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् ।

इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा परेकी ती बालिका कोमामा गएकी छिन् । हाल उनको कडा सुरक्षाबीच अस्पतालमा उपचार भइरहेको छ ।

यो घटनापछि इरानमा फेरी एकपटक त्यहाँका मानिसहरूले हिजाबलाई लिएर आवाज उठाउन थालेका छन् ।

कुर्द–केन्द्रित अधिकार समूह हेन्गोले यस घटनाको बारेमा बालिकाको नाम अर्मिता गरवन्द भएको जानकारी दिएको छ । तेहरान मेट्रो नजिकै महिला प्रहरी अधिकारीहरूसँग उनको विवाद भएको थियो । सो क्रममा प्रहरीले उनलाई नराम्ररी कुटपिट गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल पुग्दासम्म उनी कोमामा गएकी थिइन् ।

तर, इरानी प्रहरी अधिकारीहरूले यी आरोपहरू गलत भएको बताएका छन्। कम रक्तचापका कारण बालिका बेहोस भएको र उनलाइ उपचारका लागि प्रहरीले लगेको दावी गरेको छ ।

अधिकार समुह हेङ्गोले भने तेहरानको शोहदा मेट्रो स्टेशनमा तथाकथित नैतिक प्रहरीका एजेन्टहरूले समातेर र शारीरिक रूपमा कुटपिट गरेपछि गर्भान्डलाई गम्भीर चोट लागेको हो । उसका अनुसार उच्च प्रहरी अधिकारीहरू कम रक्तचापका कारण उनी बेहोस भएको भन्ने बयान झुटो हो ।

जनताको आक्रोश देखेर स्थानीय प्रहरी भने निकै सतर्क अवस्थामा रहेको छ । बालिकाको तेहरानको फजर अस्पतालमा कडा सुरक्षामा उपचार भइरहेको र अहिले पीडितलाई भेट्न कसैलाई अनुमति दिइएको छैन । कतिसम्म भने किशोरीको परिवारका अरू सदस्यलाइ पनि भेटघाटमा रोक लगाइएको छ ।

हिजाब नलगाएको कारण पक्राउ परी एक बर्ष अघि हिरासतमा मृत्यु भएकी महसा अमिनीको मामला पछि इरानी सरकार बिरूद्द कुन स्तरसम्म विरोध प्रदर्शन भएको थियो रु त्यो इरानी सरकारले राम्रोसँग देखेको छ । महसा अमिनीको मृत्यु भएको एक वर्ष पछि फेरी अर्की बालिका कोमामा पुगे पछि इरानी सरकार यसमा निकै गम्भिर भएको देखिएको छ ।  किनभने अमिनीको हिरासतमा मृत्यु भए पछि केही महिनासम्म चलेको हिंसात्मक प्रदर्शनमा सयौं मानिस मारिएका थिए भने हजारौं पक्राउ परेका थिए ।

धेरै संघर्ष पछि इरानी सरकारले यी प्रदर्शनहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो, त्यो अवस्था नआओस भनेर उ निकै सतर्क रहेको छ । त्यसैले अहिले बालिका माथी कुटपिट भएको  बिषय जिम्मा नलिइरहेको इरानी मिडियाले जनाएका छन ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : ०७ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति