२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालगन्जमा निषेधाज्ञा खुकुलो, त्रास भने कायम



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइए पनि नागरिकमा त्रास भने कायम रहेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइए पनि सडकमा सर्वसाधारणको उपस्थिती पातलो छ । १६ गते अकस्मात दिनभरी जस्तै चलेको भिडन्त र दुईपक्षिय ढुंगामुढाले स्थानीयलाई त्रसित नै बनाएको छ ।

स्थानीय प्रशासनको अगुवाईमा जिल्ला स्थित धार्मिक अगुवा, नागरिक समाज तथा राजनीतिकदलका नेताहरुको सक्रियतामा सदभाव कायम गर्ने र शान्ति बहाल गर्ने प्रयास पनि जारी रहेको छ । बाँकेमा क्रियाशिल सबै दलहरु, उद्योग वाणिज्य संघ, धार्मिक संघ संस्थाहरुले संयमता अपनाउन र सदभाव कायम राख्न आह्वान गरेका छन् ।

बुधबार बसेको सर्वपक्षिय र सर्वदलीय बैठकले सदभाव खलब्ल्याउने जो कोहीलाई कडा कारवाही गर्ने निर्णय गरिएपनि अहिले सम्म प्रशासनले दङ्गा हुनुको कारण र दङ्गा भड्काउने कार्यमा संलग्नहरुको पहिचान गरि नियन्त्रणमा लिन सकेको छैन । बैठकले सदभावमा खलल पु¥याउने, सम्प्रदायमा आशंका पैदा गराउने र धार्मिक द्विवेष फैलाउनेको पहिचान गरि कानुनी कारवाहीको दायरामा ल्याउने तथा दङ्गामा भएको क्ष्तिको विवरण संकलन गरि क्षतिपुर्तिका लागि प्रदेश सरकारमा सिफारिस गर्ने समझदारी गरेको थियो ।

एकदिनको दङ्गामा अनुमानित २ करोड बढीको क्षति भएको जनता समाजवादीका नेता एवं पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बताए । उनले नेपालगन्जको स्थानीयमा सदभाव खल्बल्याउने कुनै मनसाय नरहेको उल्लेख गर्दै बाहिरबाट आएका घुसपैठियाहरुले दङ्गाको सुरुवात गरेको बताए । उनले समाजमा अशान्ति फैलाउने तत्वहरु सबैतिर रहेको बताउँदै उनीहरुलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको बताए ।

ओमकार परिवारको नामबाट १६ गते निस्केको जुलुस शान्तिपूर्ण भनिएपनि एक्कासी हिँसात्मक बनेको थियो । जुलुसमा घुसेका केहि अपरिचित अनुहारबाट धार्मिक द्विवेष फैलाउने अराजक नारा लगाएको प्रत्यक्षदर्शीहरुको भनाई छ । जुलुसमा केही नौलो अनुहारहरु देखिएको नेपालन्जका एक रैथाने ब्यापारीले नाम नछाप्ने सर्तमा बताए । घाइते भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुगेका घाइतेहरु मध्य केही घाइतेले आफनो घर भारत बताएको नसिंङ होम स्रोतले बताएको छ । नर्सिङ होम स्रोतको भनाईलाई रैथाने ब्यापारीले देखेको नयाँ अनुहारबाट पनि घुपैठ भएको पुष्टि गर्दछ ।

सामान्य फेसबुकमा लेखिएको कमेन्टको विषयमा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा देखाईएको शक्ति प्रदर्शन पनि दुई पक्षिय विवादको कारण भएको स्थानीयको भनाई छ । सामान्य अवस्थामा पनि जिल्ला प्रशासन भित्र प्रवेश गर्दा प्रहरीले सोधपुछ गर्ने गरेकोमा नेपालगन्ज ५ का वडा अध्यक्ष सराफत खानको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको ठुलो संख्यालाई जिल्ला प्रशासनको छत माथि सम्म भिड लगाउन किन दिइयो ? भन्ने पनि प्रश्न रहेको छ ।

नेपालगन्जमा गत वर्ष सम्पन्न निर्वाचनकै बेला देखि द्वन्द्व बढाउने प्रयास भएको आंकलन गरिएको थियो । राष्ट्रिय अनुसन्धान सहित सुरक्षा निकायका आ-आफ्ना खुफिया निकायले नेपालगन्जमा हुँदै गरेको विवादको प्रयासलाई किन पत्ता लगाउन सकेन ? प्रशासनमाथि अर्को प्रश्न पनि रहेको छ ।

राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर त नेपालगन्जलाई सदभावको शहर नभएर ज्वालामुखीको केन्द्र भन्न रुचाउँछन् । साना घटनाले कुनैपनि बेला घटना हुन सक्ने अवस्थालाई प्रशासनले केलाउन नसक्दा बेलाबखत नेपालगन्जको सदभाव बिग्रने गरेको उनको भनाई छ । नेपालगन्जमा बिभिन्न बहानामा बाहिरी मुलुकबाट धर्मगुरुको आवरणमा आउनेहरुको गतिबिधि माथि प्रशासनको अध्ययन जरुरी रहेको विश्लेषकहरुको भनाई छ ।

५ जना प्रहरी सहित २२ जना घाइते हुने र अनुमानित करोड बढीको क्षति हुने गरि भएको घटनामा संलग्नहरुलाई प्रशासनले अहिले घटना घटेको २ दिन पुरा हुँदा पनि पक्राउ गरि कानुनी दायरामा ल्याउन सकेको छैन । सामाजिक सञ्जालको दुरुपयोग गरि धार्मिक द्विवेष फैलाउनेहरुको खोजि कार्यलाई तिब्र पारिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी बताउँछन् । उनले बुधबारको बैठकमा घाइतेहरुको उपचार नेपालगन्ज उपमहानगरपालिकाबाट गर्न नगर प्रमुख प्रशान्त विष्टले प्रतिबद्धता ब्यक्त गरेको र प्रदेश सरकारबाट क्षेतिपुर्तिको पहल गर्ने प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेबाट आश्वासन आएको जानकारी दिए । प्रशासनमा दङ्गामा भएको क्षतिको विवरण पनि नआएको उनले बताए । उनले आज राती ८ बजे सम्मका लागि कर्फ्यु हटाइएपनि चोकचोकमा मान्छेहरु जम्मा हुने र पुनः दङ्गा हुन सक्ने सम्भावनालाई प्रशासनले नजिकबाट नियालिरहेको बताए । ‘अवस्था हेरेर ८ बजे अगावै पुनः कर्फ्यु लगाउनु पर्ने पनि हुन सक्छ ।’ उनले भने ।

कर्फ्यु आदेश हटाएपनि उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लामा निषेधाज्ञा भने जारी रहेको छ ।

दशैंको पूर्व सन्ध्यामा नेपालगन्जमा भएको विवादले ब्यवसायमा ठुलो धक्का लागेको ब्यापारीहरुले बताएका छन् । दशैंको ब्यापार गर्न लाखौंको सामान पसलमा झर्दै गर्दा दङ्गाको सन्देशले लगानी डुब्ने त्रास बढेको नेपालगन्ज घरबारी टोलका ब्यवसायी देबेन्द्र जिसीले बताए ।

प्रशासन कार्यालयमा भएको बैठकले सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव ¥याली आयोजना गर्नेसमेत निर्णय गरेको थियो । सामाजिक सञ्जालमा आएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीचको सद्भाव भड्किँदा त्यसले उग्ररुप लिँदा नेपालगन्ज तनावग्रस्त बनेको थियो । सदभावलाई पुरानै लयमा ल्याउन एक दुईदिन भित्र सदभाव ¥याली गर्ने सहायक प्रजिअ केसीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १२ : ३४ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ