४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपालगन्जमा दिनभरी निषेधाज्ञा रातभरी कर्फ्यु



नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादलाई मत्थर बनाउन भन्दै नेपालगन्जमा लाग्दै आएको कर्फ्यु र निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले १८ गतेको आदेशलाई निरन्तरता दिँदै आज दिनभरिका लागि पनि नेपालगन्जको तोकिएको क्षेत्र भित्र निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै आज राती ८ बजेबाट भोली बिहान ६ बजे सम्म भने पूर्ववत कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।

जिल्लामा समय शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ४० बजे

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बिहीबार स्थगित