२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

निजगढमा ट्रायलमा निस्केको मोटरसाइकल दुर्घटना, एकको मृत्यु



बारा। बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको  प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका- ३ जुगवाका चौधरीको घटनास्थल मै मृत्यु भएको हो ।

बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ-रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिए पछि अनियन्त्रित भएको उक्त इ-रिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ-१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : ४४ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५