२१ मंसिर २०८२, आइतबार | December 7, 2025

इजरायल विरुद्ध हमासको भीषण आक्रमण, इजराइली सेनाद्वारा ‘युद्धका लागि तयारी’ को घोषणा



तेल अभिभ । इजराइलमा गाजा पट्टीबाट व्यापक रकेट हमला र हमास आतङ्ककारीहरूको घुसपैठपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ)ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजराइल (टिओआई)ले जनाएको छ ।

“इजराइललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ”, इजराइली सेनाले एक विज्ञप्तिमा भनेको छ, “इजराइली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजराइली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन् ।”

आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ ।

यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो ।

“यस आक्रमणको पछाडि हमासको हात रहेको छ र उसले हमलाको परिणाम र जिम्मेबारी बहन गर्नेछ”, आईडीएफले भनेको छ ।

यसैबीच प्रतिरक्षामन्त्री योआभ गालान्टले हमाले अप्रत्याशित आक्रमण गरेपछि रिजर्भमा रहेका सैनिकहरूलाई बोलाउने कदमलाई अनुमति दिएका छन् ।

हमास आक्रमणमा मर्नेको सङ्ख्या चार पुग्यो
हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ ।

टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।

समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।

 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १ : २७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन