९ बैशाख २०८३, बुधबार | April 22, 2026

हमास समुह र इजरायदलबीच लडाईं, झन्डै एक हजार मारिएको दावी



गाँजा। इजरायलमा भएको आक्रमणले मानिसहरूलाई अमेरिकामा भएको ९/११ आतंकवादी हमलाको सम्झना गराएको थियो । मध्यपूर्वका केही विश्लेषकहरू भन्छन् कि हमासले इजरायललाई पहिले कहिल्यै यस्तो ठूलो पीडा दिएको थिएन ।

आफैंमाथिको यो हमलापछि इजरायली सेनाले प्यालेस्टाइन, गाजा र आसपासका क्षेत्रमा रहेका हमाश समुहमाथि आक्रमण गरिरहेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले इजरायलको जवाफी कारबाहीमा गाँजामा आफ्ना करिब २ सय जना मारिएका र करिब २ हजार भन्दा बढी घाइते भएको दाबी गरेका छन् । जबकि इजरायलमा मृत्यु हुनेको संख्या २ सय पुगेको छ । अबेर राति, हमासले फेरि इजरायलमा १५० रकेटहरू प्रहार गर्‍यो, जसमध्ये धेरैलाई आइरन डोम रक्षा प्रणालीले नष्ट गरेको थियो ।

रुसी मिडिया एजेन्सी स्पुतनिकका अनुसार प्यालेस्टाइनसँगको तनावका कारण इजरायलमा ज्यान गुमाउनेको संख्या ७७९ पुगेको छ । इजरायली सेनाले भन्यो कि अझै पनि २० भन्दा बढी मोर्चाहरूमा लडाई जारी छ । इजरायलका सुरक्षा बलका शीर्ष प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले गाँजा पट्टीमा हमास आतंकवादी समूहले इजरायलीहरूलाई बन्धक बनाएर राखेको पुष्टि गरेका छन् ।

हागारी भन्छन् कि दक्षिणी इजरायलमा २२ स्थानहरूमा अझै पनि लडाई जारी छ, जसमा हाम्रो उद्देश्य बेरी र ओफकिममा बन्धकहरूलाई मुक्त गर्ने हो ।

उनी भन्छन् कि इजरायली सैनिकहरू गाँजा सीमाका सबै शहरहरूमा पुगेका छन् र त्यहाँ उपस्थित सबै व्यक्तिको स्क्यान गरिरहेका छन् । हागारीले गाँजा सिमानामा चारवटा डिभिजन तैनाथ गरिएको र त्यहाँ पहिले नै रहेको ३१ वटा बटालियनमा सामेल भईरहेको बताए । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने बताएको छ । उनका अनुसार हमासले यस युद्धको ठूलो मूल्य चुकाउनु पर्ने छ ।

उता, हमास समुहले इजरायलमा आक्रमण गरेपछि इजरायलले आफ्नो राज्य सञ्चालित बिजुली कम्पनीलाई शनिबार गाजा पट्टीमा आपूर्ति रोक्न आदेश दिएको ऊर्जा मन्त्रीले बताए ।

‘मैले (इजरायल) इलेक्ट्रिक कम्पनीलाई गाजामा बिजुली आपूर्ति रोक्न निर्देशन दिने आदेशमा हस्ताक्षर गरेको छु,’ ऊर्जा मन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भने ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ५१ बजे

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले