२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

इजरायलमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह



चितवन । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।

विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । कृषि विश्वविद्यालय रजिष्टारको कार्यालय, रामपुरले आज विज्ञप्ति जारी गर्दै यहाँबाट सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल भइरहेको जनाएको छ । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजक रहन उनीहरुलाई अनुरोध गरेको छ ।

कृषि कार्य अध्ययन कार्यक्रममार्फत यहाँबाट सन् २०२३ मा एक सय १३ र सन् २०२२ मा ६ विद्यार्थी भएका विश्वविद्यालयले जनाएको छ । “हालसम्म हामीलाई प्राप्त सूचनाअनुसार विश्वविद्यालयका सबै विद्यार्थी इजरायलमा सकुसल छन्”, विज्ञप्तिमा उल्लेख छ । इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्वविद्यालयले खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ३६ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो