२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एअर इन्डियाकाे इजरायल जाने सबै उडान १४ अक्टुबरसम्म रद्द



नयाँदिल्ली । पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ ।

हमासले शनिबार बिहान देखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ ।

पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

एयर इन्डियाका प्रवक्ताले आइतवार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।

टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ । यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुदैँ आएका छन् । पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ३४ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो