६ पुस २०८२, आइतबार | December 21, 2025

अभिभावक पढाउँदै रोङ गाउँपालिका



मङ्गलबारे । अधिकांश विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ । त्यसका लागि सहजकर्ता नियुक्त गर्न सात दिने सूचना जारी गरिसकिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिनुभयो । अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको  बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि समेत स्वीकृत गरिसकेको उनको भनाइ थियो ।
सोही कार्यविधिअनुसार सहजकर्ताका लागि आवेदन आह्वान गरिएकामा १५ जनाले आवेदन दिएका छन् ।  आवेदन दिनेहरुलाई चाँडै तालिमको व्यवस्थापन गरिने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
तालिमपछि सचेतनामूलक कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले अभिभावक शिक्षा लागू गर्न लागिएको अध्यक्ष  स्याङ्बोले बताए ।
सामुदायिक विद्यालयको शैक्षि गुणस्तर सुधारका लागि शिक्षा दिवसकै दिन अभिभावक शिक्षा लागू गर्ने घोषणा गरिएकामा गाउँपालिकाले अभिभावकलाई विद्यालयमै बोलाएर पढाउने योजनाअनुसार महिनाको एक दिन विद्यालयमै ल्याएर पढाइने भएको छ  । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने हुन्छ । “महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा जानकारी दिलाउँछौँ”, अध्यक्ष स्याङ्बोले भने । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान पाउँछन् भन्ने बुझाइले सो कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।
यसअघि शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नु पर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । आफूले  विद्यालयमा पढ्दा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्न सक्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम लागू भएपछि जानाजान अभिभावक शिक्षामा सहभागी नभए उनीहरूलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने पनि कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : २४ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक