१७ श्रावण २०८३, आइतबार | August 2, 2026

इजरायलमा बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्री प्रचण्डले गरे सम्वाद्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’ले इजरायलमा बंकरमा आश्रय लिइरहेका नेपाली विद्यार्थीसँग भर्चुअल माध्यमामार्फत सम्वाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो इजरायलको बंकरमा बसिरहेका सुदुरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी विपिन सुवेदीसँग सम्वाद् गरेका हुन् ।

अन्य साथीहरुसँगै बंकरमा बसेका सुवदीसँग प्रचण्डका स्वकीय सचिव रमेश मल्लको भने निरन्तर संवाद भैरहेको थियो ।
सम्वादको क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले अस्तिदेखि नै निरन्तर अपडेट लिइरहेको र यसै विषयमा छलफल गर्न मन्त्रिपरिषद् र सर्वदलीय बैठक समेत बोलाएको बताएका छन् । प्रचण्डले इजरायली दुतावाससँग निरन्तर सम्पर्क भैरहेको, परराष्ट्रमन्त्री स्तरको संयन्त्रले काम गरिरहेको, परराष्ट्रमन्त्रीले त्यहाँका समकक्षीसँग पनि कुरा गर्ने बताउँदै समस्यामा परेकाहरुलाई छिटो उद्दार गर्ने आश्वासन दिएका छन् ।

एकथरी मान्छेहरुले यही विषयलाई लिएर झुठ प्रचार गरिरहेको बताउँदै प्रचण्डले विपिनलाई त्यहाँ रहेका अन्यउ विद्यार्थीहरूलाई पनि सरकारले गरिरहेको तयारीबारे सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

विद्यार्थी विपिनले इजरायलबाट विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । उनले सरकारको तयारीबारे आफुले सबैजनालाई भनिसकेको बताएका छन् । विपिनले भनेका छन्, ‘एम्बेसीले डेढ घन्टामा लिन आउँछौं । हजुरहरू एउटा ब्यागमा आफूलाई अहिले चाहिने एक जोर कपडा र पासपोर्ट ब्यागमा हालेर तयारी अवस्थामा बस्नुस्। लाइभ लोकेशन शेयर गर्नुस् भन्यो त्यो पनि गरेँ।’

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ११ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो