१० असार २०८३, बुधबार | June 24, 2026

इजरायलमा मृत्यु भएका नेपालीहरुको सम्मानमा आज राष्ट्रिय शोक, सार्वजनिक विदा छैन



काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा दिवङ्गत  १० जना नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।

सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन । आज सबै सरकारी कार्यालय तथा विदेश स्थित कुटनीतिक नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले निर्णय गरेको छ ।

सोमबार आकस्मिक रुपमा बसेको मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको थियो ।

पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३० बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार