२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

हमास–इजरायल युद्ध : इजरायली आक्रामणमा दुई पत्रकार मारिए



तेलअहिब। रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ ।

अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेट अनुसार गाजामा ६८७ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमध्ये वेस्ट बैंकमा १७ प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा हालसम्म ९०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । यस बाहेक चार जना हिजबुल्लाह लडाकु पनि मारिएका छन् ।

 

ट्रुडोले हमास समर्थक जुलुसको निन्दा गरे

उता, इजरायलका लागि ऐक्यबद्धता बैठकमा सहभागी भएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा हमासको समर्थनमा भएको प्रदर्शनको निन्दा गरेका छन् ।

ट्रुडोले ट्विटरपोस्टमा भनेका छन कि म इजरायलमा हमासको आक्रमणको समर्थनमा देशभर भइरहेको प्रदर्शनको कडा निन्दा गर्दछु। उनले हिंसाको प्रशंसा क्यानडामा कदापि स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १९ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा