९ श्रावण २०८३, शनिबार | July 25, 2026

हमास–इजरायल युद्ध : इजरायली आक्रामणमा दुई पत्रकार मारिए



तेलअहिब। रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ ।

अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेट अनुसार गाजामा ६८७ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमध्ये वेस्ट बैंकमा १७ प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा हालसम्म ९०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । यस बाहेक चार जना हिजबुल्लाह लडाकु पनि मारिएका छन् ।

 

ट्रुडोले हमास समर्थक जुलुसको निन्दा गरे

उता, इजरायलका लागि ऐक्यबद्धता बैठकमा सहभागी भएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा हमासको समर्थनमा भएको प्रदर्शनको निन्दा गरेका छन् ।

ट्रुडोले ट्विटरपोस्टमा भनेका छन कि म इजरायलमा हमासको आक्रमणको समर्थनमा देशभर भइरहेको प्रदर्शनको कडा निन्दा गर्दछु। उनले हिंसाको प्रशंसा क्यानडामा कदापि स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १९ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक